२२ जेठ २०८३, शुक्रबार

बैंकिङ कसूरमा ४० लाख जरिवाना तोकिएका श्रेष्ठ रामेछापबाट पक्राउ

बैंकिङ कसूरमा ४० लाख जरिवाना तोकिएका श्रेष्ठ रामेछापबाट पक्राउ
प्रतिकात्मक तस्वीर

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापति गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने ४४ वर्षीय श्रेष्ठलाई मंगलवार पक्राउ गरेको हो । 

हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो विशेष सूचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको छ । 

काठमाडौंमा लुक्दै बस्ने गरेका श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई चेक दिएका थिए । 

फैसला कार्यान्वयनका लागि मंगलवारै श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्