
रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुई जनाको शव फेला परको छ ।
पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिकामा पर्ने बुद्धनगर सामुदायिक वनमा एक जना अधबैँसे महिला र बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीले जनाकारी दिए ।
‘आमा छोरीजस्ता देखिने २ जनाको शव फेला परेको छ,’ एसपी केसीले लोकान्तरसँग भने, ‘हामीले मुचुल्का गरेर पोष्टमार्टमको लागि पठाएका छौं ।’
तराई मूलका जस्ता देखिने उनीहरूको शवको प्रकृति हेर्दा बालिकाको घाँटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
उनीहरूको हालसम्म पहिचान नभएको एसपी केसीले बताए ।