२१ असार २०८३, आइतबार

महोत्तरीमा लागूऔषधसहित एक जना पक्राउ

महोत्तरीमा लागूऔषधसहित एक जना पक्राउ

महोत्तरीको सम्सी गाउँपालिका-६ कनहवास्थित सीमा इलाकाबाट सोमवार सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिवास नगरपालिका-१ बस्ने २५ वर्षीय अन्जित खत्री रहेको प्रहरीले जनाएको छ । 

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा एक्जिप्लोन ३ बोतल, स्पास्मो ट्याब्लेट १२ वटा, निट्राभेट ट्याब्लेट ६० वटा, डाईजेपाम ३ बोतल, नोफिन ३ बोतल र फेनारगन ३ बोतल फेला पारेको हो ।

 पक्राउ परेका खत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्