१० साउन २०८३, आइतबार

मरिसससँग हुने मैत्रीपूर्ण फूटबलको तयारी पूरा

मरिसससँग हुने मैत्रीपूर्ण फूटबलको तयारी पूरा

अखिल नेपाल फूटबल संघ (एन्फा) ले मरिसससँग जनवरी २९ र फेब्रुअरी १ मा हुने २ मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा गरेको छ ।

मैत्रीपूर्ण खेलका लागि सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्न रंगशालामा एकतिहाइ दर्शकलाई मात्र अनुमति दिइनेछ ।

भीआईपी प्यारापेटका लागि टिकटको मूल्य १ हजार रुपैयाँ, र सामान्य प्यारापेटको लागि ५०० रुपैयाँ हुनेछ । दुवै खेल दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे लाइटमुनि हुनेछन् ।

मैत्रीपूर्ण खेलका लागि मरिससको टोली सोमवार आइपुगेको छ । नेपालको राष्ट्रिय टोली अहिले मैत्रीपूर्ण खेलका लागि बन्द शिविरमा छ ।

salt training

कमेन्ट गर्नुहोस्