२६ असार २०८३, शुक्रबार

सुदूरपश्चिममा थप ६५२ मा कोरोना सङ्क्रमण पुष्टि, १३३ सङ्क्रमणमुक्त

सुदूरपश्चिममा थप ६५२ मा कोरोना सङ्क्रमण पुष्टि, १३३ सङ्क्रमणमुक्त

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।   

 पछिल्लो २४ घण्टामा प्रदेशभर एक हजार ९७३ जनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये पिसिआरबाट ३२६ र एन्टिजेनबाट ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पिसिआर बिधिबाट सेती प्रादेशिक अस्पतालमा २५६, महाकाली अस्पतालमा ४८, डडेल्धुरा अस्पतालमा १९, कमलबजार अस्पतालमा तीन र एन्टिजेन बिधिबाट  कञ्चनपुरका १४१, कैलालीका ७८, बाजुराका २२, दार्चुलाका १६, बझाङका १३, बैतडीका ६, डडेल्धुराका १९, डोटीका २५  र अछामका ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर १३३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा ५५० जनामा सङ्क्रमण पुष्टि हुँदा ६३ जना सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६१८ जनाको ज्यान गइसकेको छ ।रासस

salt training

कमेन्ट गर्नुहोस्