×

NMB BANK
NIC ASIA

आहा रारा गोल्डकप : थ्रीस्टार क्लब आर्मीसँग पराजित

माघ ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 बीसौँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ । पाँचपटकको च्याम्पियन थ्रीस्टार आर्मीसँग निरिह सावित भयो ।  

Muktinath Bank

 सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले थ्रीस्टारमाथि १–० गोलको जीत हासिल गरेको हो । आहा ! राराको इतिहासमा हालसम्म उपाधि जित्न नसकेको आर्मीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबसँगको भेट पक्का गरेको हो ।
 
 खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आर्मीका लागि खेलको ६४औँ मिनेटमा टङ्क बस्नेतको स्थानमा वैकिल्पक खेलाडीका रुपमा मैदान प्रवेश गरेका राजीव गुरुङले निर्णायक गोल गरेका थिए ।
 
 खेलको ७०औँ मिनेटमा मैदानको मध्यभागमा थ्रीस्टारका रक्षापङ्क्तिका खेलाडी बल रोक्ने क्रममा चिप्लिएर लड्न पुगेपछि गुरुङले बल अगाडि बढाउँदै गोलकिपर अगाडि आएको मौकामा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको बलले सिधै जाली चुमेको थियो । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन ।
 
खेलपछि पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक राजु तामाङले बलियो टोली थ्रीस्टारसँग  जीत हासिल गर्न सकेकामा खुसी व्यक्त गरे । लिग खेल्ने टोलीका पाँच खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले समेत टिम सेट हुन र फिनिसिङमा समस्या भएको उनले बताए । तामाङले मनाङसँगको सेमिफाइनलको खेलमा फिनिसिङमा सुधार ल्याउने योजना सुनाए ।
 
थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले राम्रो खेल्दा पनि रक्षापङ्क्तिका खेलाडी मैदानमा लड्न पुग्दा विपक्षी टोलीले गोल गर्न सकेको बताए । टोलीका केही खेलाडी घाइते भएकाले समेत आशातीत प्रदर्शन सम्भव नभएको उनको भनाइ थियो । प्रतियोगिताअन्तर्गत बुधबार शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।
 
 रङ्गशालामा दर्शक राखिने
 
सहारा क्लब पोखराले बुधबारदेखि सुरु हुने सेमिफाइनलका खेलमा रङ्गशालामा दर्शकलाई प्रवेश दिने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना सङ्क्रमणको जोखिमका कारण सुरुआतमा दर्शकविना खेल सञ्चालन गर्दै आएकामा सेमिफाइनलदेखि खोप कार्डका आधारमा दर्शकलाई प्रवेश दिइने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । दर्शकको प्रत्यक्ष खेल अवलोकन गर्ने चाहनाको सम्मान गर्दै स्वास्थ्य मापदण्ड अपनाएर प्रशासनले दिएको स्वीकृतिअनुसार सिट क्षमताको एक तिहाइ टिकट बिक्री गरिने छ । पोखरा रङ्गशालाको प्यारापिट १६ हजार ५०० दर्शक क्षमताको छ ।
 
 प्रतियोगिताको फाइनल खेल आगामी माघ १५ गते हुनेछ । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x