नेपाली चलचित्रवृत्तकी महँगी नायिकाको उपाधि पाएकी सामाग्री राज्यलक्ष्मी शाह राणा युट्युबरप्रति सकारात्मक छैनन् ।
युट्युबरले नेपाली कलाकारको धज्जी उडाएको भनेकी साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै भनेकी थिइन्, यदि हामीलाई युट्युबमा अन्तर्वार्ताका लागि बोलाउने हो भने पारिश्रमिक दिनुपर्छ ।’
यिनै नायिकाले तीन दिनअघिबाट आफ्नो नाममा नयाँ युट्युब च्यानल शुरू गरेकी छन् ।
‘यसआरएलएस’ च्यानल खोलेकी सामाग्रीले एउटा भ्लगसमेत पेस गरेकी छन् ।
उनले आफ्नो च्यानलमा आफ्नो सपिङदेखि प्रियंका कार्की र आयुस्मान जोशीको अन्तर्वार्तासमेत राखेकी छन् ।
उनले अब आफ्नो र समाजबारे नयाँ खबर लिएर आउने बताएकी छन् ।
आजको मितिलाई मान्ने हो भने युट्युब च्यानल सञ्चालन गर्ने साम्राज्ञी कान्छी नायिका हुन् । राजधानी दैनिकमा डब्बु क्षत्रीले खबर लेखेकी छन् ।