१९ असार २०८३, शुक्रबार

शेयर बजारमा तीव्र उतारचढाव !

माघ १२, २०७८
शेयर बजारमा तीव्र उतारचढाव !

साताको पहिलो दिनदेखि घट्न शुरू भएको शेयर बजार सूचक नेप्से मंगलवार पनि घटेको छ ।

गत साताको अन्तिम दिन २ हजार ९ सय ३१ बिन्दु पार गरेको नेप्से सूचक यस दिन २ हजार ८१४.७४ को बिन्दुमा पुगेर रोकिएको हो । 

मंगलवार सामान्य गिरावट आएको बजारमा २ सय २९ कम्पनीको ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर कारोबार भएका छन् । 

शेयर बजार सूचक नेप्से आइतवार १०.८३ अंकले, सोमवार १००.१० अंकले र मंगलवार ५.५९ अंकले घटेको छ । 

यस दिन कारोबार अवधिभर बजार अनिश्चित जस्तो बनेर तलमाथि गरिरहँदा कारोबार रकम पनि प्रभावित भएको छ । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्