नेपालगञ्ज १६ असार– बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाले अग्रता बढाउँदै लगेको छ । राप्रपाका मेयर उम्मेदवा डा धवल शमशेर राणाले मतअन्तर फराकिलो बनाउँदै लगेका छन् ।
राणाले १ हजार ८ सय ५२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुरेशकुमार कानोडियाले ९ सय ७९ मत प्राप्त गरेका छन् । शुरुवाती चरणमा दोस्रोमा रहेका माओवादी केन्द्रका दामोदर आचार्यले ९ सय ५८ मत प्राप्त गर्दा एमालेका शम्सुद्धिन सिद्दीकीले ६ सय ५४ मत सहित चौथो स्थानमा पुगेका छन् ।
राप्रपा उम्मेदवार राणा यसअघि पनि नेपालगन्जको मेयर थिए । गत संविधानसभा निर्वाचनमा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग थोरै मतले उनी पराजीत भएका थिए ।
उपमेयरमा भने नेपाली कांग्रेसकी उमा थापामगर अग्रस्थानमा छिन् । उनले १ हजार ४ सय ८५ मत प्राप्त गरेकी छन् ।