३१ असार २०८३, बुधबार

जाडोमा व्यायाम गर्न अल्छी गर्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा : चिकित्सक

कात्तिक २०, २०७४
जाडोमा व्यायाम गर्न अल्छी गर्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा : चिकित्सक
काठमाडौं, १७ पुस– जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् ।

जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ ।

भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने कारण कलेजो सम्बन्धी विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ ।
नियमित शारीरिक अभ्यास गरेको खण्डमा कलेजो सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । मौसम अनुसार खानपिन अलग अलग हुनेकारण शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ भइरहन्छ ।

मोटोपनबाट समस्याग्रस्त र मधुमेहको समस्या भएका व्यक्तिमा ८० प्रतिशतसम्म कलेजो सम्बन्धी रोग लाग्ने सम्भावना  बढी हुन्छ ।
डा. सन्जय सिंहले भने ‘कलेजोले शरीरमा रहेको विषाक्त तत्वलाई हटाउने काम गर्छ । चिसोमा अल्कोहल पिउनु राम्रो मानिँदैन् । जाडोमा लसुन खाँदा यसले शरीरमा रहेको विषाक्त तत्वलाई हटाउँछ ।

कलेजो सफा गर्ने सेलेनियम र अलिसिन तत्वलाई बढाउन लसुनले मद्दत गर्छ । ग्रीन टी पिउँदा पनि शरीरमा रहेको विषाक्त तत्वलाई हटाएर लिभर सफा गर्ने काम गर्छ । बोल्डस्काई

salt training

कमेन्ट गर्नुहोस्