२९ असार २०८३, सोमबार

सन् २०१६ मा नेपाली फिल्मः कसको अवस्था कस्तो ?

कात्तिक २०, २०७४
सन् २०१६ मा नेपाली फिल्मः कसको अवस्था कस्तो ?
काठमाडौं, १७ पुस – वर्ष सन् २०१६ नेपाली चलचित्रका लागि राम्रो वर्ष बन्यो ।

प्रदर्शन भएका केही चलचित्र घाटामा गएपनि केही चलचित्रले हालसम्मकै रेकर्ड तोड्न समेत सफल भए ।

केही चलचित्रले आशा गरिए अनुसारको व्यापार गर्न नसकेपनि आधा दर्जन चलचित्रले राम्रो व्यापार गरे । गतवर्षको तुलनामा यो वर्षको व्यापार औसतमा राम्रो देखियो ।
यही वर्षको अन्त्यतिर प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जाले एक सय दिन मनायो । सोह्र करोडभन्दा बढीको व्यापार ग-यो ।

त्यस्तै चलचित्र जात्राले पनि एकाउन्नौ दिन मनायो । तुलनात्मक रुपमा अन्य वर्षभन्दा यो वर्ष चलचित्रले राम्रो व्यापार गरे । हल गएर फिल्म नहेर्ने दर्शकले समेत हलमा गएर चलचित्र हेर्न थाले ।

अनुपातको हिसाबले दर्शकबाट नेपाली चलचित्रले सकारात्मक प्रतिक्रिया पायो । निर्माता तथा निर्देशकले राम्रो बनेका चलचित्रलाई प्रचार गर्न थाले ।
यो वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये, पशुपतिप्रसाद, चपली हाइट २, ब्रासलेट, तीन घुम्ती, हाउ फन्नी, सेतो सूर्य, कालो पोथी लगायतका चलचित्रले चर्चा कमाए ।

सेतो सूर्य, कालो पोथी, छक्का पञ्जा, जात्रा र पशुपतिप्रसादको सर्वाधिक चर्चा भयो । परम्परागत चलचित्रको स्वाद चाखिरहेका दर्शकले फरक स्वादमा बनेका चलचित्रलाई मन पराए ।

स्क्रिप्टमा मौलिकपन र वास्तविकताको नजिक रहेर बनाइएका चलचित्र सफल भए । समष्टिमा नेपाली चलचित्रको यो वर्ष राम्रो रह्यो । नेपाली चलचित्रले नयाँ सम्भावनालाई सम्बोधन गर्ने मौका पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्