१९ असार २०८३, शुक्रबार
न्यायका लागि भौँतारिँदै पीडित

ज्वाइँ 'मार्न' १ लाखको सुपारी, पक्राउ पर्ने डरले गुण्डा नाइके झिँगे भूमिगत [अभियुक्तको भिडियो]

माघ १७, २०७८
ज्वाइँ 'मार्न' १ लाखको सुपारी, पक्राउ पर्ने डरले गुण्डा नाइके झिँगे भूमिगत [अभियुक्तको भिडियो]

सिन्धुपाल्चोकका सञ्जय लामा उर्फ 'झिङ्गे'ले ज्वाइँलाई सिध्याउनका लागि १ लाखको सुपारी दिएको खुलेको छ । 

झिङ्गेले सिन्धुपाल्चोककै आयुष तामाङलाई सुपारी दिएर आफ्नै ज्वाइँ जुगल गाउँपालिका ३ का पासलाल तामाङमाथि खुकुरी प्रहार गर्न लगाएको लोकान्तरलाई प्राप्त भिडियोमा आयुष स्वयंले बताएका छन् । 

असोज ७ गते पासलाललाई खुकुरी प्रहार गरेर आयुष फरार भएका थिए । उनको खुकुरी प्रहारपछि गम्भीर घाइते पासलाललाई हेलिकप्टरबाट उद्धार गरी उपचार गरिएको थियो । 

आयुषले झिङ्गेको निर्देशनमा खुकुरी प्रहार गरेपछि उनकै संरक्षणमा पोखरामा बस्दै आएको भिडियोमा बताएका छन् । 

उनले खुकुरी हानेबापत १ लाख लिएको र प्रहरीले पक्राउ गरेको खण्डमा बचाउने वाचा समेत झिङ्गेले गरेको बताएका छन् ।

प्रहरीले आयुषलाई पुस २९ गते काठमाडौंबाट पक्राउ गरी सिन्धुपाल्चोक ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले बताए । 

‘उसलाई हामीले धारिलो हतियार प्रयोग गरी घटना घटाएको अभियोगमा पक्राउ गरेका छौं,’ एसपी अधिकारीले लोकान्तरसँग भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरी स्रोतका अनुसार उनले बयानका क्रममा सिन्धुपाल्चोककै गुण्डा नाइके सञ्जय लामा उर्फ ‘झिङ्गे’ले सुपारी दिएर खुकुरी प्रहार गर्न लगाएको स्वीकारेका छन् । 

आयुषले लामो समयसम्म गुण्डा नाइके सञ्जयकै संरक्षणमा लुक्दै आएको बताएका छन् । 

गुण्डा नाइके सञ्जय काठमाडौंको बौद्ध तथा जोरपाटी क्षेत्रमा बस्दै आएका थिए । प्रहरीको खोजीमा परेपछि उनी फरार भएका छन् ।

सञ्जयले सिन्धुपाल्चोकलाई सेल्टर बनाएर हाइड्रो तथा क्रसरमा गरेको स्रोतको दाबी छ ।

उनी नेपाली कांग्रेस सिन्धुपाल्चोकको उप–सभापतिमा उम्मेदवार समेत भएका थिए ।

आँखामा खुर्सानी हालेर खुकुरी हाने

पीडित पासलालले आफ्नो आँखामा खुर्सानी हालेर खुकुरी प्रहार गरिएको बताएका छन् ।

उनले भनेका छन्–

म सामान किनेर घर फर्कँदै थिएँ । ज्वाइँ पर्ने व्यक्तिसँग बाटोमा भेटघाट हुँदा केहीबेर कुराकानी भयो । कुराकानीकै क्रममा मेरो आँखामा कसैले खुर्सानीको धूलो हाल्यो । त्यसपछि ममाथि खुकुरी प्रहार भयो । म तत्कालै बेहोश भएछु । ब्युँझिँदा काठमाडौंको अस्पतालमा रहेछु । खुकुरी प्रहारपछि हेलिकप्टर चार्टरदेखि अस्पताल खर्च समेत आफैंले बेहोर्नु पर्‍यो । अहिले न्यायको लागि हिँडिरहेको छु ।’

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्