२० असार २०८३, शनिबार

आईएमई लाइफ इन्स्योरेन्सको मस्कट सार्वजनिक

आईएमई लाइफ इन्स्योरेन्सको मस्कट सार्वजनिक

आईएमई लाइफ इन्स्योरेन्सको मस्कट सार्वजनिक गरिएको छ। कम्पनीले  फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मस्कट सार्वजनिक गरेको हो।

कम्पनीले आफ्ना कर्मचारी, अभिकर्ता, ग्राहक तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अग्र्यानिक लाइकबाट यो सम्भव भएको दाबी गरेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट सार्वजनिक गरेका हुन्। 

अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत् गर्ने कम्पनीको लक्ष्य रहेकोले त्यसै अनुरुपको सन्देश दिन कम्पनीको मस्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्