१३ असार २०८३, शनिबार

३६ मतान्तरले कांग्रेस विजयी

कात्तिक २०, २०७४
३६ मतान्तरले कांग्रेस विजयी

भोजपुर, १७ असार -भोजपुर नगरपालिकामा नेपाली कांग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी भएकका छन् ।

गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भएकी छिन् । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कृतिकुमारी कार्कीले चार हजार सात सय एक मत ल्याएकी छिन् ।

अरुण गाउँपालिकामा कांग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा कांग्रेसकी विनिता ढकाल विजयी भएका छन् । हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी भएका छन् ।

यस्तै ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी भएका छन् । आमचोक गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका अशोक राई र उपप्रमुखमा सीता राई विजयी भएका छन् । अन्य स्थानीय तहमा मतगणना जारी छ । भोजपुरमा ६६ दशमलव३१ प्रतिशत मत खसेको थियोे ।

salt training

कमेन्ट गर्नुहोस्