बझाङ, १७ असार–नौं जिल्ला रेहेको ७ नम्बर प्रदेशमा ८८ स्थानीय तह रहेका छन् ।

कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला रहेको यस प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन् । ७ नम्बर प्रदेशबाट ३ हजार ६७० जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेशसमेत रहेको सात नम्बरका अधिकांश स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार एमालेले जित्यो यी स्थानीय तह
नेकपा एमाले१. अपिहिमाल गाउँपालिका–दार्चुला
२. लेकम गाउँपालिका–दार्चुला
३.मालिकार्जुन गाउँपालिका–दार्चुला
४.नाैंगाड गाउँपालिका–दार्चुला
५.पञ्चेश्वर गाउँपालिका–बैतडी
६.अमरगढी नगरपालिका–डडेल्धुरा
७. नवदुर्गा गाउँपालिका–डडेल्धुरा
८. मष्टा गाउँपालिका–बझाङ
९. तलकोट गाउँपालिका–बझाङ
१०. वित्थडचिर गाउँपालिका–बझाङ
११. थलारा गाउँपालिका–बझाङ
१२. दुर्गाथली गाउँपालिका–बझाङ
१३.पूर्वीचौकी गाउँपालिका–डोटी
१४.पाण्डव गुफा गाउँपालिका–बाजुरा
१५.गाैमुल गाउँपालिका–बाजुरा
१६.स्वमीकार्तीक गाउँपालिका–बाजुरा