३१ जेठ २०८३, आइतबार

जेठी नालामा पुल बनेपछि स्थानीय खुशी

जेठी नालामा पुल बनेपछि स्थानीय खुशी
प्रतिकात्मक तस्वीर

बाँकेको खजुरा गाउँपालिका–७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीय पूर्णिमा सुनारले बताइन् ।

हिउँदको समयमा समस्या नभए पनि वर्षात्को समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उनको भनाइ छ ।

पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा र खजुरा बजार आवतजावत गर्न अब धेरै सजिलो भएको छ । 

खजुरा–७ सिन्दुरेस्थित जेठी नालामा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

पुल बनेपछि स्थानीयले गाउँपालिका सरकारको अनुभूति गर्न पाएको खजुरा–७ का अध्यक्ष अतिउल्ला खानले बताए ।

उपभोक्ता समितिमार्फत २८ लाख ३४ हजार ६०७ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकृत दिलबहादुर पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्