
काठमाडौं, १७ असार - गुल्मीको रेसुंगा नगरपालिकामा नेपाली कांग्रेसको गढ ढलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गुल्मी जाने भएका छन् । उनी आज दिउँसो दुई बजे भाषण गर्न गुल्मीको सदरमुकाम तम्घास पुग्दैछन् ।
ओलीसँगै एमाले सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि तम्घास पुग्दैछन् । रेसुंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार डिल्लिराज भुसालले मेयर पदमा जित निकालेका छन् । उप मेयर पनि एमालेले नै जितेको छ ।