०३ साउन २०८३, आइतबार

मलद्वारमा लुकाएर नेपाल भित्रियो सुन, विमानस्थलबाट ३ जना पक्राउ

मलद्वारमा लुकाएर नेपाल भित्रियो सुन, विमानस्थलबाट ३ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  अवैध सुन र मोबाइलसहित ३ जना पक्राउ परेका छन् ।

बुधवार  विमानस्थलको आगमन टनेल गेटबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाहिरी मुलुकबाट आएका उनीहरूको साथबाट भन्सार छली लैजान लागिएको

 ४ थान आइफोन, ११५५ ग्राम सुन र ९९ लाख २९ हजार ६९८ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका वडा नम्बर १० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरको मनहरी ७ का २८ वर्षीय नबराज परियार,  सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षीय दावा छिरिङ शेर्पा छन् ।

शेर्पाले मलद्वारभित्र लुकाएर ३ थान अर्धठोस सुन ल्याएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बिहीवार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्