०८ असार २०८३, सोमबार

जग्गा नामासारी गर्दा ३५ सय रुपैयाँ घुस लिने नासु अख्तियारको नियन्त्रणमा

जग्गा नामासारी गर्दा ३५ सय रुपैयाँ घुस लिने नासु अख्तियारको नियन्त्रणमा

जग्गा नामासारी गर्दा सेवाग्राहीमार्फत ३ हजार ५ सय रुपैयाँ घुस लिने वडा सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

बाराको  कोल्हवी नगरपालिका, वडा नं. ११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

घुस रकमसहित नियन्त्रणमा परेका साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्