०६ असार २०८३, शनिबार

श्रम काउन्सलर र सहचारी नियुक्तिका लागि निवेदन आह्वान

श्रम काउन्सलर र सहचारी नियुक्तिका लागि निवेदन आह्वान

सरकारले ४ श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सलर र श्रम सहचारीको नियुक्तिका लागि निवेदन आह्वान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीवार एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार र बरहाइनका लागि काउन्सलर र सहचारी छनोटका लागि निवेदन आह्वान गरेको हो ।

मन्त्रालयले यूएई र साउदीका लागि १/१ जना श्रम काउन्सलर तथा कतार र बहराइनका लागि १/१ जना श्रम सहचारीका लागि आह्वान गरेको छ । काउन्सलर राजपत्रांकित द्वितीय श्रेणी र श्रम सहचारी राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी छनोट गर्ने गरिएको छ ।

काउन्सलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ ले तोकेको योग्यता पुगेका कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । इच्छुक कर्मचारीले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन सक्नेछन् । 

कमेन्ट गर्नुहोस्