३० असार २०८३, मंगलबार

नरेन्द्र मोदीका लागि को बन्ला चुनौती ? केजरीवालले भने – म प्रधानमन्त्री बन्ने दौडमा छैन

माघ २१, २०७८
नरेन्द्र मोदीका लागि को बन्ला चुनौती ? केजरीवालले भने – म प्रधानमन्त्री बन्ने दौडमा छैन

भारतका विभिन्न प्रदेशमा विधानसभा चुनाव हुन गइरहेका बेला आगामी लोकसभा चुनावको समेत चर्चा शुरू भएको छ ।

प्रधानमन्त्री चयन गर्ने लोकसभा चुनाव आगामी सन् २०२४ मा हुनेछ भने अबको केही महिनाभित्रै उत्तर प्रदेश, पञ्जाब र गोवा प्रदेशमा विधानसभा चुनाव हुँदैछन् ।

भारतीय जनता पार्टी (भाजपा) बाट विजयी प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकाल सरकार चलाइरहेका छन् भने आगामी लोकसभा चुनावमा पनि मोदीलाई प्रधानमन्त्रीको बलियो उम्मेदवार मानिएको छ । तर मोदीलाई चुनौती दिने प्रतिस्पर्धी उम्मेदवार को बन्ला ? सर्वत्र चासो छ ।

भारतमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले आफ्नो अवस्थामा खासै सुधार गर्न सकेको छैन । पार्टी अन्तरकहलका कारण पञ्जाब विधानसभा चुनावमै कांग्रेसलाई धक्का लाग्ने अनुमान गरिँदैछ । उत्तर प्रदेशमा कांग्रेसको अवस्था नगन्य जस्तै छ । यस्तो बेला मोदीका लागि कांग्रेस चुनौती बन्ने अवस्था नदेखिएको भारतीय सञ्चारमाध्यमको विश्लेषण छ ।

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टी (आप) ले मोदीलाई टक्कर दिनसक्ने अड्कलबाजी भइरहेका बेला आप प्रमुख अरविन्द केजरीवालले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । 

भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा केजरीवालले भने, ‘म प्रधानमन्त्री बन्ने दौडमा छैन ।’ यतिबेला आपले पञ्जाब र गोवा प्रदेशको चुनाव जित्न पूरै शक्ति लगाएको छ । केजरीवाल पञ्जाब र गोवाको चुनाव प्रचारमा खटिएका छन् ।

केजरीवालले चुनावमा हारजीत भइरहने भए पनि आफ्नो सरकार रहँदा इमान्दारी हिसाबले काम गर्ने बताए । ‘दिल्लीमा २४ घण्टा बिजुली, सरकारी स्कूल र अस्पतालमा सुधार गरेका छौं, गोवामा हामीलाई एक मौका मिलेमा अन्य पार्टी पत्तासाफ हुनेछन्,’ केजरीवालले भने ।

salt training

कमेन्ट गर्नुहोस्