२० असार २०८३, शनिबार

आजदेखि ५ करोड २२ लाख रुपैयाँको आईपीओ बिक्री खुला हुँदै, कहिलेसम्म दिने आवेदन ?

आजदेखि ५ करोड २२ लाख रुपैयाँको आईपीओ बिक्री खुला हुँदै, कहिलेसम्म दिने आवेदन ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दैछ ।

कम्पनीले कूल कित्ता आईपीओमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।

यीबाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ सार्वजनिक निष्कासन हुँदैछ ।

आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्ममा आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्