०९ असार २०८३, मंगलबार

काठमाडौं महानगरका वडा सदस्य वसन्त महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं महानगरका वडा सदस्य वसन्त महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस लिएको पुष्टि भएकाले महर्जनविरुद्ध आरोपपत्र दायर गरिएको जनाएको हो । 

सेवाग्राहीको नाता प्रमाणित र जग्गाको मोही नामसारी सिफारिसका लागि सेवाग्राहीसँग दुई लाख रूपैयाँ घुस मागेको पुष्टि भएको अख्तियारले जनाएको छ । 

अख्तियारले महर्जनलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा भदौ २१ गते नियन्त्रणमा लिएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्