१६ असार २०८३, मंगलबार

मौसम खराबीले प्रभावित भए २१६ उडान

मौसम खराबीले प्रभावित भए २१६ उडान

मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २१६ वटा उडान तथा अवतरण प्रभावित भएका छन् । यी उडान प्रादेशिकबाहेक काठमाडौंबाट बाहिर जाने र भित्रने मात्रै हुन् । 

विमानस्थल कार्यालयको आन्तरिक विमानस्थलका अनुसार शुक्रवारका लागि तय भएका १०८ वटा र सोही नै संख्यामा अवतरण हुने तालिका छ । 

काठमाडौंबाट उडान हुन सक्ने भए पनि बाहिरका विमानस्थल नखुलेको र जहाज उडानका लागि चाहिने भिजिबिलिटी नभएका कारण सबैजसो उडान–अवतरण ठप्प भएको छ । 

दिउँसो १ बजेसम्ममा काठमाडौंबाट हुने उडानमा पोखरा, विराटनगर र भैरहवाको विमानस्थलमा उडान गर्न सक्ने गरी खुलेकाले अब उडान शुरू हुन थालेको छ । 

सिमरा र जनकपुरको उडान रद्द भइसकेको छ भने अन्य विमानस्थलमा पनि उडान गर्न पुग्ने भिजिबिलिटी नभएकोले रद्द नभए पनि उडान समय भने ढिलो भइरहेको छ । 

अन्तर्राष्ट्रियतर्फ भने शुक्रवारका लागि २० वटा मात्रै उडान तय भएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि भने नियमित भइरहेकोले उडान र अवतरणमा कुनै समस्या नरहेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्