२७ असार २०८३, शनिबार

जहाज थप्दै श्री एयरलाइन्स

जहाज थप्दै श्री एयरलाइन्स

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ ।

गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवद्र्धनको काम अघि बढाएको हो ।

कम्पनीले अघिल्लो एकै महिनामा थप २ नयाँ जहाज खरिद गरेको थियो । कम्पनीले पछिल्लो पटक ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो ।

यससँगै कम्पनीको उडान सेवामा ८ वटा जहाज भएका छन् ।
     
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार एयरलाइन्सले ५ वटा जहाज भित्र्याउने योजना अन्तगर्त ८० सीट क्षमताका ३ जहाजमध्ये २ वटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ ।

ततपश्चात अन्य २ जहाजको पनि खरिद प्रक्रिया अघि बढाइने छ ।

‘हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजना अनुरूप ५ वटा जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थियौं, अनुमति मागेकोमध्ये ३ वटा जहाज खरिद भइसकेको छ, २ थान आइसके, बाँकी १ जहाज पनि छिट्टै नेपाल ल्याउदैछौं,’ प्रबन्धक मानन्धरले भने ।

हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ । परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाइ छ । 

शुरूमा हाल एक मात्रै उडान गरिरहेका गन्तव्यहरू सिमरा र जनकपुरमा उडान थपिनेछ । त्यसपछि नेपाजगञ्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा  उडान थपिने एयरलाइन्सले जनाएको छ ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज २ वटा तथा सीआजे २०० (५० सिटे) २ थान र सीआरजे ७०० (७० सिटे) २ थान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्