०५ साउन २०८३, मंगलबार

कृष्णनगर नगरपालिकाका मेयर शाह कांग्रेसमा प्रवेश

कृष्णनगर नगरपालिकाका मेयर शाह कांग्रेसमा प्रवेश

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह शनिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेकप्रताप शाह र जिल्ला सभापति अब्दुल कलाम खाँले संयुक्त रुपमा स्वागत गरेका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगर प्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्त्वका साथ हेरिएको छ ।

शाहसहित हजार बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस कपिलवस्तुले दाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्