
काठमाडौं, १७ असार - काठमाडौंको बालाजु चोक स्थित हिमालय डान्सबारबाट एक सय ९८ युवा युवती पक्राउ परेका छन् । प्रहरीले ४० जना केटी र एक सय ५८ जना केटालाई त्यहाँबाट पक्राउ गरेको जनाएको छ ।
दिउँसै मादक पदार्थ तथा गाँजा खाएर नाचिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ८ देखि १२ सम्म बढ्ने युवायुवतीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि कानूनी कारबाही अघि बढाउने तयारी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छबिलाल जोशीले युवायुवतीहरुले व्यवहारले समाज गलत सन्देश जान थालेकोले उनीहरुलाई पक्राउ गरिएको बताए ।