
काठमाडौं, गुल्मी र मकवानपुरमा गरी तीन जनाको शव फेला परेको छ ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित हरि प्रसाद खतिवडाको गाई फार्मको टहरामा करीब ३५ वर्षीय खगेन्द्र भट्टराई नाम गरेका व्यक्ति शनिवार मृत अवस्थामा फेला परेका छन् । हाल उनको वास्तविक नाम, थर, वतन भने खुलेको छैन ।
गुल्मी, मदाने गाउँपालिका-१ अग्लुङ भेगानेपानी बस्ने ७२ वर्षीय नन्दे राउत आफ्नै घर नजिकै रहेको खग्रे खोलाको खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-५ स्थित मकवानपुर र काठमाडौंको सिमानामा पर्ने देउरालीडाँडामा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ३४ वर्षीय प्रज्वल पोख्रेल शनिवार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।