बेइजिङमा चलिरहेको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मास्क नलगाइकन हिँडेपछि आयोजकहरू जिम्मेवारीबाट पन्छेका छन् ।
पुटिनलाई ओलम्पिक आयोजकले नभई चीन सरकारले बोलाएको हो । त्यसैले पुटिन आयोजकको अतिथि सूचीमा थिएनन् ।
ओलम्पिक आयोजनास्थल बर्ड्स नेस्टमा रहेको भीआईपी मास्कमा अन्य गण्यमान्यहरूका साथ मास्क लगाएर उपस्थित हुन पुटिनले नमानेको बताइएको छ ।
त्यसअघि उनले चीनका राष्ट्रपति सी चिनपिङसँग वार्ता गरेका थिए । उनीहरूबीच भाइरस संक्रमण रोक्नका लागि भएको प्रयासका विषयमा वार्ता चलेको थियो ।
ओलम्पिकका एक प्रवक्ताका अनुसार, पुटिनलाई चीन सरकारले निमन्त्रण गरेको भएर राज्यको प्रोटोकल लाग्ने बताए ।
उद्घाटन समारोहमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि मास्क नलगाइकन घुमेको देखिएको थियो ।
अनि उद्घाटन समारोहमा युक्रेनका खेलाडीहरू आइपुग्दा पुटिनले आँखा चिम्लेर सुतेको जस्तो गरेका थिए ।