०८ साउन २०८३, शुक्रबार

उपत्यकाका सीडीओहरूको बैठक बस्दै, जोरबिजोर हटाउने तयारी

उपत्यकाका सीडीओहरूको बैठक बस्दै, जोरबिजोर हटाउने तयारी
फाइल तस्वीर।

कोरोना संक्रमण घट्दै गएको भन्दै काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको छ । 

यसका विषयमा निर्णय गर्न आइतवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । 

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतवार बसेको बैठकले यातायातमा लगाइएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको बताइएको छ । 

कोरोनाको समग्र अवस्थाबारे छलफल हुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । ‘सीसीएमसी बैठकको सिफारिस अहिलेसम्म आइपुगेको छैन, सो सिफरिस र अन्य कोरोना संक्रमणको समग्र अवस्थाबारे छलफल गर्छौं,’ उनले भनिन् । 

विद्यालय भने माघ महिनाभर बन्द नै रहने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्