०१ साउन २०८३, शुक्रबार

पेस्तोल आकारको लाइटर बालेर स्थानीयलाई तर्साउँदै हिँडेपछि...

पेस्तोल आकारको लाइटर बालेर स्थानीयलाई तर्साउँदै हिँडेपछि...

प्रहरीले पेस्तोल आकारको लाइटर बालेर स्थानीयलाई तर्साउँदै हिड्ने ७ जनालाई पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपिलका वडा नम्बर ३ म्युडरस्थित खाली गोठबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका ९ मा बस्ने २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली, २१ वर्षीय अजिल मिया, २१ वर्षीय केतु ओली, १८ वर्षीय एक किशोर, १७ वर्षीय किशोर र १६ वर्षीय एक किशोर छन् ।

 उनीहरूबाट १ थान लाइटर, १ थान खुडा, ३ थान हसिया र १ वटा बन्चरो बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्