१४ असार २०८३, आइतबार

खैरो हिरोइनसहित २ जना पक्राउ

खैरो हिरोइनसहित २ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका १५ कालिकास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले शनिवार करीव १७ ग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ बतासे ग्राम पञ्चायत घर बताउने २७ वर्षिय मोहमद सुल्तान र २७ वर्षिय रन्जित गणेश छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यामिरेबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हिरोइन फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद खैरो हिरोइनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको प्रहरीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्