२८ जेठ २०८३, बिहीबार

छथर गापामा एमालेका तिगेला विजयी

कात्तिक २०, २०७४
छथर गापामा एमालेका तिगेला विजयी

तेह्रथुम, १७ असार -तेह्रथुमको छथर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार सन्तोष तिगेला तीन हजार ४३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज तिगेलाले दुई हजार ५५२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्ष पदमा पनि नेकपा एमालेकी तारादेवी ढकाल विजयी हुनुभएको छ ।

ढकालले तीन हजार ३६८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी हिमादेवी पौडेलले दुई हजार ४८७ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको वडा नं। १ मा नेपाली कांग्रेसका बागी उम्मेदवारहरुको प्यानलै विजयी भएको छ । वडा नंं २, ४, ५ र ६ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ भने वडा नं। ३ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्