०८ असार २०८३, सोमबार

रहिनन् क्विन अफ मेलोडी

माघ २४, २०७८
रहिनन् क्विन अफ मेलोडी

 क्विन अफ मेलोडी लता मङ्गेशकरको उपचारका क्रममा निधन भएको छ ।

उनले कैयौँ नेपाली गीतमा आफ्नो सुमधुर स्वर दिएकी थिइन् ।

वरिष्ठ भारतीय गायिका लताले रामकृष्ण ढकालसँग 'बाँचुन्जेलीलाई’, मवीवि शाहको शब्दमा 'आकाशैका तिरमिर तारा’लगायतका गीतमा आवाज दिएकी थिइन् ।

९२ वर्ष पुगेकी लतालाई कोरोना देखिएपछि मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको थियो ।

लताको स्वरले सबैको मनमा जादु चलाएको छ । लताको जन्म सन् १९२९ को सेप्टेम्बर २८ मा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो ।

थिएटर कलाकारसमेत रहेका पिता दीनानाथ मङ्गेशकरबाट लताले पाँच वर्षको उमेरदेखि नै सङ्गीत सिक्न थालेकी थिइन् ।

उनले आफ्ना बुवासँग मराठी सङ्गीत नाटकहरूमा पनि आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन् ।

१४ वर्षको उमेरबाट लताले ठूला कार्यक्रम र नाटकमा अभिनय गर्न थालेकी थिइन् ।

महाराष्ट्रमा हुर्किएकी लता आफ्ना पाँच भाइबहिनीमध्ये जेठी थिइन् ।

लताले आफ्नो साङ्गीतिक यात्राको ७० वर्षमा ३६ भाषामा ३० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् ।

उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र 'उद्योग’ले गरेको मानिन्छ ।

उनलाई भारतरत्न, दादासाहेब फाल्के अवार्डका साथै कैयौँ राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानले सम्मानित गरिएको छ ।

उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा पनि समावेश छ ।

जादुमयी स्वरले करोडौँ श्रोताको मनमा बस्न सफल लताले सन् १९७७ मा गुलजारले लेखेको गीतमा स्वर दिएपछि उनको चर्चा चुलिएको थियो ।

उनी एक महान् पाश्र्वगायिकाका रूपमा परिचित थिइन्।

बलिउडका चर्चित अभिनेत्रीहरू आफ्नो अभिनय रहने हरेक गीत लता मङ्गेशकरले नै स्वरबद्ध गरून् भन्ने चाहन्थे ।

उनका हरेक एल्बम दसौँ हजारको सङ्ख्यामा बिक्री हुने गथ्र्यो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्