जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छाएपछि जहाज अवतरण गरिएको छ ।
शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छाएको थियो ।
हिउँ हटाएलगत्तै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।
प्राधिकरणका अधिकृत सोनाक्षी सिंहका अनुसार हिउँ पन्छाएपछि तारा र समिट एयरको एक/एक उडान भएको छ ।
भारी हिमपातले करिब दुई फिटभन्दा बढी परेको हिउँ जिल्ला विपत् व्यवस्थापन समितिको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हटाएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।