२९ असार २०८३, सोमबार

चुलाचुली गाउँपालिका अध्यक्षमा एमाले विजयी

कात्तिक २०, २०७४
चुलाचुली गाउँपालिका अध्यक्षमा एमाले विजयी


इलाम, १७ असार - चुलाचुली गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का प्रदीपचन्द्र राई विजयी हुनुभएको छ ।UML-Ballot

राईले तीनहजार ४९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र केरुङले तीन हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेकै निर्मला दाहाल तीन हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लक्ष्मी मिश्रले दुई हजार ३९५ मत प्राप्त गर्नुभएको छ ।

चुलाचुली–१ मा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्ण लावती प्यानलसहित विजयी हुनुभएको छ । वडा नं २ मा एमालेका रणबहादुर लिम्बू, वडा नं ३ मा नेपाली काँग्रेसका रणबहादुर लावती प्यानलसहित विजयी हुनुभएको छ ।

चुलाचुली वडा नं ४ मा एमालेका कालीदास भट्टराई प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ५ मा एमालेकै चन्द्रकुमार थापा र वडा नं ६ मा एमालेकै हेमन्त राईको प्यानल विजयी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्