१० साउन २०८३, आइतबार

पछिल्लो तीन स्थानीय तहको नतिजा, कहाँ को विजयी ?

कात्तिक २०, २०७४
पछिल्लो तीन स्थानीय तहको नतिजा, कहाँ को विजयी ?
आठराई र फेदाप गाउँपालिकामा एमाले विजयी


तेह्रथुम, १७ असार - तेह्रथुमका छवटा स्थानीय तहमध्ये चारवटा गाउँपालिका नेकपा (एमाले)ले जितेको छ । एमालेले आठराई, फेदाप र छथर गाउँपालिकामा प्यानलै जितेको छ भने मेन्छ्यायेम गाउँपालिकामा प्रमुख पदमा जित निकालेको छ ।Free-Win

आठराई गाउँपालिकामा एमालेका मानबहादुर लिम्बू तीन हजार ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनको तर्फबाट काँग्रेसका नारायणकुमार इङ्नामले तीन हजार ७४४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदमा एमालेकी रुपादेवी कन्दङ्वा तीन हजार ९६३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रमिला खनालले दुई हजार ९७१ मत प्राप्त गर्नुभएको छ ।

सात वडामध्ये एमालेले वडा नं १, ३, ४, ५ र ७ मा प्यानलै जितेको छ । काँग्रेस वडा नं २ र माओवादी केन्द्रले वडा नं ६ मा विजयी भएको छ । कुल १२ हजार ५६७ मतदाता रहेको आठराईमा आठ हजार ५९४ मत खसेको थियो ।

फेदाप गाउँपालिकामा एमालेका हरिप्रसाद चोङ्वाङ विजयी हुनुभएको छ । उहाँले तीन हजार ४३९ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशवप्रसाद भेटुवालले तीन हजार २२० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्ष पदमा पनि एमालेकी गीतादेवी तीन हजार हजार ४३४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गङ्गाप्रसाद लिम्बूले एक हजार ७०१ मत प्राप्त गर्नुभएको छ । पाँच वडामध्ये नेकपा (एमाले)ले वडा नं १, ३ र ४ मा जितेको छ । काँग्रेसले वडा नं २ र ५ मा जितेको छ । कुल १० हजार ६२५ मतदाता रहेको फेदाप गाउँपालिकामा सात हजार २९६ मत खसेको थियो ।

यसैबीच छथर गाउँपालिकामा एमालेका शन्तवीर लिम्बू (सन्तोष तिगेला) र मेन्छ्यायेम गाउँपालिकामा यादवबहादुर खापुङ विजयी हुनुभएको छ । नतिजा आउन बाँकी म्याङ्लुङ नगरपालिकामा पनि एमाले नै अगाडि छ । लालीगुराँस नगरपालिकामा काँग्रेसले अग्रता कायमै राखेको छ ।

डुडुवा गाउँपालिका प्रमुखमा काँग्रेस विजयी

बाँकेको डुडुवा गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नरेन्द्र चौधरीले चार हजार ६९१ मत ल्याएर विजयी हुनुभएको छ ।

केहीबेरअघि मात्र घोषणा भएको मतपरिणामअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका विजयबहादुर यादवले चार हजार १९२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा काँग्रेसकै सायदा बानोले चार हजार ३१५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका जाबेदा खातुनले चार हजार १३४ मत प्राप्त गर्नुभएको मतदान अधिकृत टीकाराम बोहराले राससलाई बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिकाको वडा नं २ मा वडाध्यक्षमा काँग्रेसका गजेन्द्र किराँती एक हजार ४०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका दुर्गाप्रसाद बर्माले एक हजार ३८२ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी महिला सदस्यमा लीलावती यादव, महिला दलित सदस्य रेखाकुमारी खटिक, सदस्यमा इजाजुद्दिन खाँ र विनोदकुमार लोनिया विजयी हुनुभएको छ ।

यसैगरी वडा नं ३ मा सङ्घीय समाजवादी फोरम नेपालका भण्डारी लाल यादव एक हजार ११ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जमालुद्दिन खाले ५४२ मत ल्याउनुभएको थियो ।

महिला सदस्यमा फोरम नेपालकै फरिदा बानो खा, महिला सदस्यमा कुमारी लक्ष्मी पासी, सदस्यमा अलिउल्ला खाँ र आमोदकुमार तिवारी विजयी हुुनुभएको छ ।

जम्मा खसेको मत १४ हजार ५०६ मा ७५९ मत बदर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्