रोल्पा, १८ असार –माओवादी गढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् ।
दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये ६ स्थानमा नेकपा माओवादी केन्द्र, दुई स्थानमा नेकपा एमाले र एक स्थानमा नेपाली कांग्रेस विजयी भएका छन् । ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडामध्ये कांग्रेसले १५, एमालेले ११, माओवादी केन्द्रले ४४ र स्वतन्त्रले दुई वडामा विजयी हासिल गरेका छन् ।
जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पूर्ण केसीले पाँच हजार ६ सय ३४ मत प्राप्त गरी विजयी भएका छने । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका लेखनाथ आचार्यले तीन हजार ८ सय २७ मत प्राप्त गरे ।
यसैगरी, सोही नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकै मनकुमारी घर्तीले पाँच हजार ६ सय ६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मिश्री हमालले तीन हजार ७ सय २१ मत प्राप्त गरेकी छिन् । लुङ्ग्री गाउँपालिकामा कांग्रेसका दुर्गा खड्काले तीन हजार १ सय १५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका तुलाराम खड्काले दुई हजार ९ सय १० मत प्राप्त गरेका छन् । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै भीमकला बुढाथोकीले तीन हजार २ सय ७७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनखना घर्तीले दुई हजार ९ सय ३९ मत प्राप्त गरेका थिए ।
रुन्टीगढी गाउँपालिकामा नेकपा एमालेका बालाराम बुढाले तीन हजार ४ सय २ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका टेकबहादुर बस्नेतले तीन हजार २ सय ७९ मत प्राप्त गरेका छन् ।सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै छमाया पुनले तीन हजार ४५२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी सरिता केसीले तीन हजार ३ सय ७९ मत प्राप्त गरिन् ।
त्रिवेणी गाउँपालिकामा एमालेका शान्तकुमार ओलीले दुई हजार ५ सय ६० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गङ्गाप्रसाद घर्तीले दुई हजार ३ सय ३६ मत प्राप्त गरे । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै साबित्रा बुढाले दुई हजार ५ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालसरी घर्तीले दुई हजार ३ सय ३३ मत प्राप्त गरे ।
दुईखोली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमकान्त डाँगीले चार हजार ६ सय ८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका झक्कु घर्तीले एक हजार ९ सय ८९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भए । बुढाले ४ हजार ६ सय ८ प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी लक्ष्मी डाँगीले एक हजार ८ सय ९९ मत प्राप्त गरे ।
थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार ९ सय ९० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामकिरणी रोकाले एक हजार ९६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी श्रीकुमारी रोकाले ९९५ मत प्राप्त गरेका थिए ।
सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका आशबहादुर बुढाले ८ सय २८ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । पुनका निकटतम प्रतिद्वन्द्वी नेकाका दुर्गाबहादुर घर्तीले ६ सय ३६ मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका पवित्रा घर्तीमगरले ८ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी नेकाका भिमली बुढाथोकीले ६ सय ३५ मत प्राप्त गरे ।
सुकीदह गाउँपालिकामा माओवादी केन्द्रका वीरबहादुर केसीले दुई हजार ४ सय १४ मत ल्याई अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार ओलीको दुई हजार २ सय ८० मत रहेको थियो । उपाध्यक्षमा माओवादी केन्द्रकै रीताकुमारी घर्तीले दुई हजार ३ सय ९९ मत प्राप्त गरी विजयी भईन र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मला ओलीले दुई हजार २ सय १५ मत प्राप्त गरकी थिईन् ।
माडी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नन्दबहादुर पुनले तीन हजार १ सय ८२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका गोपाल घर्तीले दुई हजार ६ सय २१ मत प्राप्त गरेका थिए । सोही गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रका धनिकला घर्तीले तीन हजार २ सय ५१ मत प्राप्त गरी विजयी भईन् । उपाध्यक्षमा एमालेका प्रेम घर्तीले दुई हजार ६ सय ८९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रहेका थिए ।