२१ असार २०८३, आइतबार

सिन्धुपाल्चोकमा बस दुर्घटना : ३० जना घाइते

कात्तिक २०, २०७४
सिन्धुपाल्चोकमा बस दुर्घटना : ३० जना घाइते

चौतारा, सिन्धुपाल्चोक, १८ असार -ठूलो सिरुवारीबाट काठमाडौँतर्फ गइरहेको बा२ख २७०२ नं को बस चौतारा–बन्देउ सडक खण्डअन्तर्गत पोखरेवेसीमा आज दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका अनुसार विपरीत दिशााबाट आउँदै गरेको बा६४प ३०२६ नं को मोटरसाइकललाई जोगाउन खोज्दा बस भिरमा खस्न पुगेको थियो ।

घाइते सबैको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सन्दर्भ तस्बिर

salt training

कमेन्ट गर्नुहोस्