३० जेठ २०८३, शनिबार

लागूऔषधसहित ६ जना पक्राउ

लागूऔषधसहित ६ जना पक्राउ

    सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका २ फत्तेपुर ईलाकाबाटसशस्त्र प्रहरीले ५४ वटा नाईट्रोभेट ट्याब्लेट र करीव १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय सुजन चौधरी र २० बर्षिय प्रविण थापा छन् ।

    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फत्तेपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
    यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित पिपलबोट ईलाकाबाट पनि सशस्त्र प्रहरीले करीव ५ सय ५५ वटा नाईट्रोजेपाम ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।
 

   पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ बस्ने २२ बर्षिय दिपेश बिक र १९ बर्षिय सन्तोष बिक छन् ।
    उनीहरुलाइ सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
    यसैगरी मोरङ जिल्लाको  विराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट ६ बोतल डाईलेक्स र २ बोतल एसकुफसहित सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ७ बस्ने ४० बर्षिय कृष्ण कुमार श्रेष्ठ पक्राउ परेका छन् ।

    मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ ।

    यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित आँपताल सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३० वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको धनगढी  उपमहानगपालिका १३ बस्ने २४ बर्षिय मुकेश रानालाई पक्राउ गरेको छ ।

    सु.प्र.प. ०१००८ प ११३३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज रानालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाईकलसमेत बरामद गरिएको छ ।
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्