१३ असार २०८३, शनिबार

म्यानमारको सैनिक सरकारको एक वर्ष, ८०० भन्दा बढी कैदी रिहा

माघ २९, २०७८
म्यानमारको सैनिक सरकारको एक वर्ष, ८०० भन्दा बढी कैदी रिहा

म्यानमारको सैनिक (जुन्टा) सरकारले सत्ता सम्हालेको एक वर्ष पूरा भएको छ ।

सरकारले ८०० भन्दा बढी कैदीबन्दीलाई शनिवार आममाफीको घोषणा गरेको छ । म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीको घोषणा गरेको हो ।

म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरेको वर्ष दिन पुग्दा सैनिक प्रशासनले राजधानीमा परेडका साथै विशाल प्रदर्शन छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार गत वर्षको सैन्य ‘कू’ देखि नै म्यानमारमा ठूलो समूहले सरकारविरोधी प्रदर्शन गर्दै आएको छ ।

देशभर आम विरोध प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार ५०० भन्दा बढी नागरिकहरूको ज्यान गएको छ ।

जुन्टा प्रमुख मिन आङ हलिङले ८१४ कैदीहरूका लागि ‘माफी आदेश’ जारी गरेको राज्य सञ्चालित सञ्चारमाध्यमले ७५ औं संघीय स्वतन्त्रता दिवसका अवसरमा अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेका छन् । यस्तै सात विदेशी पनि रिहा भएका छन् । -रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्