१२ असार २०८३, शुक्रबार

पाहुनालाई गुन्द्रुक उपहार

फागुन १, २०७८
पाहुनालाई गुन्द्रुक उपहार

प्रचारप्रसारका लागि दोलखाको  शैलुङ   गाउँपालिका–८,   झोर गाउँका  बासिन्दाले  पाहुनालाई  काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन्। मेहनती किसानको गाउँ झोर काउली र  आलु  खेतीमा  अब्बल  छ।
यो  गाउँको प्रत्येक  घरमा  काउलीको  पातको  गुन्द्रुक बन्ने  गरेको  स्थानीय  किसान  अकुरबहादुर श्रेष्ठले बताए । अहिले  घरमा  खाने  र  पाहुनालाई उपहार दिने गरिएको छ। उनले भने,  “आगामी   वर्षदेखि   व्यावसायिक   रूपमा गुन्द्रुक   बनाउने   सोच   पलाएको   छ। गुन्द्रुकलाई  राष्ट्रिय  तरकारी  भनिन्छ  तर फैलावट  हुन  सकेको  छैन। ठूल्ठूला  तारे होटलमा  हाम्रो  सम्पर्क  हुन  नसक्दा  बजार अभाव देखिएको छ।” अर्का  किसान  दीपेश  श्रेष्ठका  अनुसार काउलीको पातको स्वादिष्ट गुन्द्रुकको बिक्री वितरण  सुरु  भई  नसकेको  भए  पनि  घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारका रूपमा   पठाउने   गरिएको   छ।  यहाँका किसानले  आलु  र  काउली  बिक्रीबाट  एउटा परिवारले  मासिक  ७०  हजारसम्म  र  वार्षिक चार÷पाँच  लाख  रुपियाँसम्म  आम्दानी  गर्दै आएको खबर गोरखापत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्