×

NMB BANK
NIC ASIA

६ महिनामा कुन मन्त्रालयले कति गरे बजेट खर्च ? [विवरणसहित]

फागुन १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आर्थिक वर्षको आधा समय पूरा हुँदासम्म मन्त्रालयगत विनियोजित बजेट खर्च गर्नेमा रक्षा मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आव २०७८÷७९ को पुससम्म रक्षा मन्त्रालयले २४ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको छ। यो कुल वार्षिक विनियोजनको ४७.९१ प्रतिशत हुन आउँछ।

Muktinath Bank

 रक्षा मन्त्रालयका लागि चालू आर्थिक वर्ष ५१ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कुल विनियोजनको आधारमा रक्षापछि धेरै खर्च गर्नेमा परराष्ट्र मन्त्रालय छ। परराष्ट्र मन्त्रालयका लागि कुल छ अर्ब ७९ करोड ९९ लाख रुपैयाँ विनियोजन भएकामा दुई अर्ब ९० करोड ६६ लाख अर्थात् ४२.७४ प्रतिशत बजेट खर्च भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह मन्त्रालयले रकमका आधारमा सबैभन्दा धेरै खर्च गरेको छ। आर्थिक वर्षको आधा समय बित्दा गृह मन्त्रालयले कुल विनियोजित रकमको ४१.३५ प्रतिशत अर्थात् ६८ अर्ब दुई करोड १६ लाख रुपैयाँ खर्च गरेको छ। गृहका लागि चालू आर्थिक वर्ष एक खर्ब ६४ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ।


Advertisment
Nabil box
Kumari

तलबभत्ताजस्ता चालू किसिमका गतिविधिमा बढी खर्च हुनेहुँदा यी मन्त्रालयको समग्र खर्च अवस्था बलियो देखिएको हो।  अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको कुल विनियोजन १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँमध्ये पुस मसान्तसम्ममा पाँच खर्ब छ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ।

Vianet communication
Laxmi Bank

 यो कुल विनियोजनको ३१.०४ प्रतिशत हो। विनियोजित रकममध्ये चालू खर्चतर्फ ३८.१६ प्रतिशत र पुँजीगततर्फ १३.४४ प्रतिशत खर्च र वित्तीय व्यवस्थातर्फ २६.१२ प्रतिशत खर्च भएको छ।  चौथो स्थानमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुल विनियोजनको ३८.२७ प्रतिशत अर्थात् एक अर्ब ५६ करोड ५१ लाख रुपैयाँ खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री कार्यालयका लागि चार अर्ब आठ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

चालू आर्थिक वर्ष शिक्षा मन्त्रालयमा ५८ अर्ब २६ करोड ७७ लाख रुपैयाँ विनियोजन भएकामा २० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ अर्थात् ३५.१४ प्रतिशत खर्च भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सात अर्ब १८ करोड ९८ लाख विनियोजन भएकामा ३१.०८ प्रतिशत अर्थात् दुई अर्ब २३ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ। डिजिटल नेपाल पे्रmमवर्क कार्यान्वयनमा संलग्न निकायबीच समन्वयको अभावले अपेक्षित खर्च हुन नसकेको उल्लेख छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विनियोजनको ३०.५२ प्रतिशत अर्थात् दुई अर्ब १५ करोड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २७.५८ अर्थात् एक अर्ब ६३ करोड ९० लाख, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले १३ करोड १९ लाख अर्थात् विनियोजनको २७.०८ र वन तथा वातावरण मन्त्रालयले कुल विनियोजनको २६.९४ प्रतिशत अर्थात् तीन अर्ब २३ करोड रुपैयाँ खर्च गरेका छन्। अधिकतम विकास खर्च गर्ने मन्त्रालयहरूको खर्च भने पहिलो छ महिनामा सन्तोषजनक छैन।

चालू आर्थिक वर्ष सहरी विकास मन्त्रालयका लागि ३० अर्ब ७५ करोड विनियोजन भएकामा पाँच अर्ब ७५ करोड अर्थात् १८.७२ प्रतिशत मात्र खर्च भएको छ। यस मन्त्रालयअन्तर्गतका विभिन्न कार्यक्रमको पूर्वतयारीको काम सुरु गर्न ढिलाइ हुँदा खर्च नभएको जनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समीक्षा अवधिमा कुल विनियोजनको १७.१० प्रतिशत खर्च गरेको छ जुन २६ अर्ब ७१ करोड रुपैयाँ हो। भौतिक मन्त्रालयले चालू आर्थिक वर्षका लागि एक खर्ब ५६ अर्ब २२ करोड रुपैयाँ बजेट पाएको छ। धेरै पँुजीगत खर्च हुनेमध्येको ऊर्जा, जलस्रोत तथा आपूर्ति मन्त्रालयको खर्च १६.६२ प्रतिशत अर्थात् सात अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ।

चालू आर्थिक वर्षका लागि ४२ अर्ब १४ करोड रुपैयाँ पाएको यो मन्त्रालयअन्तर्गतका जलविद्युत् आयोजनाका लागि रुख कटान, क्षतिपूर्ति निर्धारण, जग्गा अधिग्रहणजस्ता समस्याले खर्च हुन नसकेको हो। कृषि तथा पशुपन्छी मन्त्रालयले कुल विनियोजनको २४.७४ अर्थात् आठ अर्ब ९७ करोड, उद्योग मन्त्रालयले २१.५४ प्रतिशत अर्थात् दुई अर्ब ३१ करोड, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०.४४ अर्थात् १७ करोड ५३ लाख, अर्थ मन्त्रालयले २०.३४ अर्थात् सात अर्ब ७३ करोड खर्च गरेका छन्। त्यस्तै स्वास्थ्य मन्त्रालयले १८.५९ प्रतिशत अर्थात् १८ अर्ब ७७ करोड, युवा तथा खेलकुद मन्त्रालयले १८.१८ प्रतिशत अर्थात् ३८ करोड ८२ लाख, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२.१५ प्रतिशत् अर्थात् दुई अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सबैभन्दा कम खर्च गर्ने मन्त्रालयमा परेको छ। चालू आर्थिक वर्षका लागि पाँच अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएकामा समीक्षा अवधिमा ४.५३ प्रतिशत अर्थात् २७ करोड पाँच लाख रुपैयाँ मात्र खर्च गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको  न्यून प्राथमिकतामा पर्नु, विश्व बैङ्कको ऋण  सहायतामा सञ्चालित कार्यक्रममा सहमति लिनुपर्ने हुँदा ढिलाइ भएकाले खर्च कम भएको अर्थ मन्त्रालयले जनाएको छ, विश्वास रेग्मीले गोरखापत्रमा खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x