
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई 'सभामुख हटाउन खोजेको हो ?' भन्दै प्रश्न गरेका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सभामुख हटाउन लागेको भन्ने आफूले सुनेको भन्दै दाहालले प्रधानमन्त्री देउवालाई 'सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो?' भनी प्रश्न गरेका हुन् ।
प्रचण्डको सो प्रश्नमा प्रधानमन्त्री देउवाले भने त्यस्तो कुनै योजना नभएको र हल्लामा सत्यता नभएको जवाफ दिएका थिए ।
'दाहालमा सभामुख हटाउने हो ? भन्ने आशंका थियो, प्रधानमन्त्रीले त्यस्तो कुनै योजना नै छैन, हल्लाका पछाडि नलाग्नुस् भन्ने जवाफ प्रचण्डलाई दिनुभयो,' प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।
सो छलफलमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै थिए। राजधानी दैनिकमा खबर छ ।