×

NMB BANK
NIC ASIA

प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो

फागुन १, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ ।

Muktinath Bank

कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कुण्डमा  नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएका ३० हजारभन्दा बढी बिरामी वार्षिकरूपमा तातोपानीमा स्नान गर्न आउँछन् ।

Vianet communication
Laxmi Bank

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने बिरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिनभित्रबाट बिरेनुनको गन्धसहित निस्कने तातातोपानीमा नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्यास्ट्रिक तथा अन्य बाह्य रोग निको हुने भएकाले वर्षेनी नुहाउनका लागि बिरामी आउने गर्दछन् । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै हुने गर्दछ ।  

डिसिएमसी बैठकले कोरोनाको जोखिम कायमै रहे पनि लामो समयसम्म बन्दलाई निरन्तरताभन्दा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालनासहित खुला गर्ने निर्णय भएको संयोजक एवं प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । “कोरोनाको जोखिम अझै टरेको छैन, सेवा सञ्चालन गरे पनि मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ”, उनले भने ।

जिल्लाभित्र खोपको पहुँचमै नपुगेका तथा दोस्रो र बुस्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुनसमेत अपिल गरिएको छ । त्यस्तै समूहमा खेलिने खेलमा भने क्षमताको २५ प्रतिशतमात्रै उपस्थितिमा सञ्चालन गर्न पाइने भएको छ ।

जिल्लाभित्र फुटबल, भलिबलजस्ता खेलकुदजन्य गतिविधिमा दर्शकको क्षमताअनुसार उपस्थितिको अवस्था अहिले नभएकाले कडाइ गरिएको डिसिसिएसीले जनाएको छ । खुला गरिएको क्षेत्रका साथै सरकारी, वित्तीय तथा भीडभाड हुने होटल, रेष्टुरेन्ट तथा सार्वजनिक क्षेत्रमा सेवा लिन भने सेवाग्राहीले अनिवार्य खोपकार्ड देखाउनुपर्ने जनाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x