०२ असार २०८३, मंगलबार
प्रन्याविरुद्ध महाअभियोग प्रस्ताव

प्रस्तावक देव गुरुङ भन्छन्– चोलेन्द्रविरुद्धको महाभियोग पारित हुन्छ

प्रस्तावक देव गुरुङ भन्छन्– चोलेन्द्रविरुद्धको महाभियोग पारित हुन्छ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पारित हुने प्रस्ताव मध्येका एक माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले दवी गरेका छन् ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसले प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । 

‘सर्वोच्चका प्रधानन्यायाधीशले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो कार्यक्षमतामा कमी देखियो, भ्रष्टाचारको संरक्षण गरेको र न्यायिक सम्पादनमा विचलन देखिएकोले महाभियोग दर्ता गर्न बाध्य भएका हौं,’ गुरुङले लोकान्तरसँग भने, ‘न्यायालयको शुद्धीकरणमा बाधक बनेर तीन महिनादेखि न्यायालयलाई बन्धक बनाएकोले महाभियोग लगाएर हटाउनुको विकल्प देखिएन ।’

माओवादी संसदीय दलका प्रमुख सचेतक समेत रहेका गुरुङले महाभियोग पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि राजी हुन विश्वास व्यक्त गरे । ‘पारित हुने नहुने कुरा दलहरुले विवेक पुर्याउनु पर्ने विषय हो, इस्युमा निर्भर रहने कुरा हो, सही विषयमा ल्याएको प्रस्तावका विरोध गर्न एमालेले पनि सक्दैन,’ गुरुङले भने । 

यता नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले हठात र अचानक महाभियोग प्रस्ताव दर्ता भएको टिप्पणी गर्दै यसबारे पार्टीमा छलफल गरेर आधिकारिक धारणा बनाउने प्रतिक्रिया दिए ।  

salt training

कमेन्ट गर्नुहोस्