२८ जेठ २०८३, बिहीबार

चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको पत्र संसदले राष्ट्रपतिलाई पठायो

चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको पत्र संसदले राष्ट्रपतिलाई पठायो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइएको छ । 

आइतवार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै संसद सचिवालयले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद् र सर्वोच्च अदालतलाई पठाएको हो ।

‘महाभियोग प्रस्ताव दर्ता भएको पत्र राष्ट्रपति कार्यालय लगायत पठाउनु पर्ने ठाउँमा पठाइसकिएको छ,’ सचिवालय स्रोतले जानकारी दियो । 

न्यायालयमा भ्रष्टाचारको संरक्षण गरेको कार्यसम्पादन सन्तोषजनक नभएको जस्ता कारण दर्साउँदै सत्ता गठबन्धनले आइतवार प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । 

महाभियोग प्रस्ताव दर्ता भएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बनमा परेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्