२३ असार २०८३, मंगलबार

एमालेको 'काउन्टर' रणनीति- चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउनेबारे छलफल !

फागुन १, २०७८
एमालेको 'काउन्टर' रणनीति- चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउनेबारे छलफल !

नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल चलिरहेको बताएका छन् । 

न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको उनले बताएका हुन् । 

सत्ता पक्षधर ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आइतवार संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गरेपछि एमालेले पनि बाँकी चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गराउने विषयमा छलफल थालेको उनले बताए ।

'आज साँझ नेकपा एमालेको सचिवालयको बैठक बोलाइएको छ, त्यसमा पनि उक्त विषयमा छलफल हुन्छ,' केपी शर्मा ओली सरकारका पूर्व महान्यायाधिवक्तासमेत रहेका खरेलले  लोकान्तरसँग भने, 'त्यसपछि भोलि एमालेको संसदीय दलको बैठकबाट पनि निर्णय भएर त्यस विषयमा टुंगो लाग्नेछ ।'

प्रतिनिधि सभा विघटन मुद्दाको फैसला गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँचै जना न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने एमालेले भन्दै आएको छ । 

अप्रत्यासित ढंगले हठात् राष्ट्रिय राजनीतिको कोर्स परिवर्तन गर्न तथा स्थानीय तहको चुनाव भाँड्न प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको उनले आरोप लगाए । 

salt training

कमेन्ट गर्नुहोस्