१९ असार २०८३, शुक्रबार

घट्दै कोरोना संक्रमणः थपिए ५२१ संक्रमित, १० जनाको मृत्यु

घट्दै कोरोना संक्रमणः थपिए ५२१ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११५ नमूना परीक्षणमध्ये ४२७ पीसीआर र ९४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८९२ छ । 

मन्त्रालयका अनुसार थप ३९३५ जना संक्रमणमुक्त भएका छन् । 

हाल मुलुकभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्