२९ असार २०८३, सोमबार

एमसीसीविरुद्ध बुटवलमा प्रदर्शन

एमसीसीविरुद्ध बुटवलमा प्रदर्शन

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा भातृसंगठनहरूले आइतवार बुटवलमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । 

भातृसंस्थाहरूको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै बुटवलमा विरोध प्रदर्शन गरिएको हो । 

'एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावाद'लगायत प्लेकार्डसहित नाराबाजी गरेका थिए । 

बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्वीकार्न नहुने बताए । 

उनले सम्झौता लागू गराउन अमेरिकाले नेताहरूलाई धम्की दिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए । उनले आफूहरू टाउकोमा कफन बाँधेर आन्दोलनमा होमिएकाले शीर्ष नेतालाई घुँडा नटेक्न चेतावनी दिए ।  

बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थपाले एमसीसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्नहरू उठेकाले त्यसबारे सहमति नगरिकन संसदमा लैजानै नहुने अडान लिए । 

विरोध प्रदर्शनमा अनेरास्ववियुका केन्द्रीय सचिव कृष्ण थापा, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले बोल्दै एमसीसी परियोजना खारेज गर्न माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्